तालिमपूर्वको ज्ञान परीक्षण

अब हामी प्रारम्भिक बालविकास तथा शिक्षाका बिषयमा छलफल गर्दै छौँ । तर यो सत्र औपचारिक रूपमा सुरूवात गर्नुअघि हामीलाई यस विषयको बारेमा कत्तिको जानकारी रहेछ भनी एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल ! 

  • प्रारम्भिक बालविकास तथा शिक्षा  भनेको के होला त ?
  • कक्षाकोठामा बालबालिकाको व्यक्तिगत आवश्यकतालाई तपाईँले कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
  • तपाईँको विचारमा समावेशीकरण भनेको के हो ?
  • तलको चित्रलाई विश्लेषण गर्न सक्नुहुन्छ ?