तालिमपूर्वको ज्ञान परीक्षण

अब हामी “बालमैत्री कक्षाकोठा” का बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूवात गर्नु अगाडि हामीलाई यस विषयका बारेमा कत्तिको थाहा रहेछ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल ! 

  • तपाईँले बालबालिकाहरूलाई कस्ता प्रकारका शिक्षण सिकाइ विधि प्रयोग गर्दै आउनुभएको छ ?
  • अपाङ्गता भएकासहित सबै बालबालिकाहरूमैत्री कक्षाकोठा निर्माणमा के कस्ता पक्षहरु  महत्वपूर्ण हुन्छन्, एकछिन  छलफल गरौँ न त हुन्छ ?