तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै  “वैकल्पिक प्रभाकारी सञ्चार” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अगाडि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है । 

  • वैकल्पिक सञ्चार भनेको के होला ? कस्तो प्रकारको अपाङ्गता भएका व्यक्तिहरूमा यो विधि बढी उपयोगी हुन सक्छ ?
  • हाम्रो शरीरमा हुने ज्ञानेन्द्रियहरू के के हुन्? (तलका तस्बिर हेर्नुहोस्) हामीलाई सिक्नका लागि यीमध्ये कुन अङ्ग चाहिन्छ?
  • तपाईँलाई सञ्चार बोर्डको बारेका जानकारी छ ? यो कस्तो प्रकारका अपाङ्गता भएका व्यक्तिलाई यो बढी उपयोगी होला ?