तालिमपूर्वको ज्ञान परीक्षण

अब हामी “समावेशी खेल” का बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामीलाई यो विषयका बारेमा कत्तिको थाहा रहेछ भनेर एकछिन विचार गरौँ है । तलको प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल ।

  • तपाईँको विचारमा खेल भनेको के हो ? खेल कसरी समावेशी हुन सक्ला ? खेल सिकाइसँग कसरी सम्बन्धित हुन्छ ?
  • तपाईँको कक्षाकोठामा कस्तो प्रकारका खेल गतिविधिहरू हुन्छन् ? बालबालिका खेल्छन् कि खेल्दै खेल्दैनन्? उनीहरू कक्षाकोठाभित्र खेल्न रुचाउँछन् कि बाहिर?

तल दिइएक चित्रमा बालबालिकाहरूले कस्तो प्रकारका अभ्यासहरू गरिरहेका छन् ? के यी अभ्यासहरु  समावेशी खेल गतिविधिहरूमा पर्दछन् ?

स्टेप मोडल भनेको के हो ?