इन्द्रियमैत्री वातावरण तथा सहज बसाइ व्यवस्थापनसम्बन्धी सत्रको उद्देश्य

दृष्टि, स्पर्श, गति, स्वाद, गन्ध संवेदनामा कठिनाइ भएका अटिजम तथा अति संवेदनशीलता जस्ता समस्या (इन्द्रियसम्बन्धी अपाङ्गता) भएका बालबालिकाहरूका लागि सहज तथा सिकाइ सहयोगी वातावरण निर्माण गर्ने तरिकाहरू प्रस्ट पार्ने ।

सबै बालबालिकालाई उपयुक्त हुने लचिलो बसाइ व्यवस्थापन र यसका फाइदाहरुका बारेमा जानकारी दिने।


मस्तिष्क मन्थन विधिले स्वतन्त्र रुपले सोच्न र खुला छलफललाई प्रोत्साहित गर्ने हुनाले सिकाइ सहजीकरणमा यस विधिको प्रयोगबारे बताउने ।