तालिमपूर्वको ज्ञान परीक्षण

अब हामी “इन्द्रियमैत्री वातावरण तथा सहज बसाइ व्यवस्थापन” विषयमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयको बारेमा कतिको जानकार छौं भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !

  • इन्द्रियमैत्री वातावरण भन्नाले के बुझ्नुहुन्छ?
  • सहज बसाइ भनेको के होला ?
  • कक्षाकोठामा सञ्चालन हुने  विभिन्न शैक्षणिक गतिविधिहरुमा सहभागी हुन बालबालिकालाई तपाईँ कसरी प्रेरित गर्नुहुन्छ ?

तल दिइएको चित्र वर्णन गर्नुहोस्, एकआपसमा छलफल पनि गर्न सक्नुहुन्छ है

  • सुन्तलाको अवधारणाका बारेमा बालबालिकाहरुलाई कसरी बुझाउनुहुन्छ ?
  • बालबालिकालाइ सिकाउने सिलसिलामा तलको चित्रमा दिइएका जस्तै स्थानीय स्रोत साधनहरुको प्रयोग गर्नु ठिक होला कि नहोला ? किन ?