अब हामी “सिकाइका थप रणनीतिहरु ” विषयमा छलफल गर्न गइरहेका छौँ । तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है। तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
- तपाईँको विचारमा कस्ता सिकाइ सामग्रीहरु बहुइन्द्रिय उपयोगी सिकाइ सामग्रीहरु हुन सक्छन् ?
- कुनै पनि क्रियाकलापहरू सिकाउने सिलसिलामा बालबालिकाहरूलाई कसरी निर्देशन दिनुहुन्छ?
तलका दिइएको चित्रमा बालबालिकाले के के गर्दै छन्, छलफल गर्नुस् त?
- तपाईं यस प्रकारको परिस्थितिहरूमा बच्चाहरूलाई कसरी मार्गदर्शन गर्नुहुन्छ?
- तपाईंले आफ्नो कक्षाकोठामा सञ्चालन गर्ने विभिन्न सिकाइ गतिविधिहरूमा बालबालिकालाई कसरी निर्देशन दिनुहुन्छ?