तालिमपूर्वको ज्ञान परीक्षण

हामी “निर्माणात्मक मूल्याङ्कन ” को बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !

  • के तपाईँले कक्षाकोठामा बालबालिकाको सिकाइ स्तरको निगरानी गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने कसरी ?
  • प्रारम्भिक सिकाइ तथा विकास मापदण्डको बारेमा सुन्नुभएको छ ?
  • बालबालिकाको सिकाइ प्रक्रियामा कस्ता प्रकारका भिन्नताहरू हुन सक्छन् ?
  • बालबालिकाको विकास अवस्थाबारे थाहा पाउनका लागि तपाईँ कस्ता गतिविधिहरू सञ्चालन गर्न सक्नुहुन्छ?
  • कस्ता रणनीतिहरू लागू गरेमा बालबालिकाको सिकाइ अवस्था सुधार गर्न सकिएला ?