तालिमपूर्वको ज्ञान परीक्षण

हामी “वैयक्तिक प्रारम्भिक सिकाइ योजना” को बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !

  • तपाईँको कक्षाकोठामा अध्ययन गर्ने बालबालिकामध्ये यदि कुनै एकमा अपाङ्गता छ कि भन्ने शङ्का लागेमा तपाइँ के गर्नुहुन्छ ?
  • प्रारम्भिक पहिचान भनेको के हो?
  • यदि तपाईँले अतिरिक्त सहयोग चाहिने बालबालिकाको पहिचान गर्न सक्नुभयो भने उसलाई कसरी मद्दत गर्नुहुन्छ ? कहिल्यै गर्नुभएको छ ?
  • बालबालिकाको विविध आवश्यकताको आधारमा शिक्षण सिकाइ गतिविधिलाई कसरी परिमार्जन गर्न सक्नुहुन्छ?

तलका चित्र हेरी छलफल गर्नुहोस् । त्यहाँ के भइरहेको छ भनेर अनुमान लगाउन सक्नुहुन्छ ?