हामीले भर्खरै “सिकाइका थप रणनीतिहरु” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त! यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अघि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अगाडि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है ।
तलका दिएको चित्रमा बालबालिकाले के के गर्दै छन्, छलफल गर्नुस् त ?
तलका दिएका चित्रहरु हेरेर केही अनुमान लगाउन सक्नुहुन्छ कि ?