तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै “निर्माणात्मक मूल्याङ्कन” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अघि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनु भन्दा अघि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है ।

  • के तपाईँले कक्षाकोठामा बालबालिकाको सिकाइ स्तरको निगरानी गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने कसरी ?
  • प्रारम्भिक सिकाइ तथा विकास मापदण्डको बारेमा सुन्नुभएको छ ?
  • बालबालिकाको सिकाइ प्रक्रियामा कस्ता प्रकारका भिन्नताहरू हुन सक्छन् ?
  • बालबालिकाको विकास अवस्थाबारे थाहा पाउनका लागि तपाईँ कस्ता गतिविधिहरू सञ्चालन गर्न सक्नुहुन्छ ?
  • कस्ता रणनीतिहरू लागू गरेमा बालबालिकाको सिकाइ अवस्था सुधार गर्न सकिएला ?