तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै “वैयक्तिक प्रारम्भिक सिकाइ योजना” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अघि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनु भन्दा अघि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है ।

  • तपाईँको कक्षाकोठामा अध्ययन गर्ने बालबालिकामध्ये यदि कुनै एकमा अपाङ्गता छ कि भन्ने शङ्का लागेमा  तपाईँ के गर्नुहुन्छ ?
  • प्रारम्भिक पहिचान भनेको के हो?
  • यदि तपाईंले अतिरिक्त सहयोग चाहिने बालबालिकाको पहिचान गर्न सक्नुभयो भने उसलाई कसरी मद्दत गर्नुहुन्छ ? कहिल्यै गर्नुभएको छ ?
  • बालबालिकाको विविध आवश्यकताको आधारमा शिक्षण सिकाइ गतिविधिलाई कसरी परिमार्जन गर्न सक्नुहुन्छ?

तलका चित्र हेरी छलफल गर्नुहोस् । त्यहाँ के भइरहेको छ भनेर अनुमान लगाउन सक्नुहुन्छ ?