प्रारम्भ
प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी अनलाइन सिकाइ सामग्रीको दोस्रो भागमा यहाँहरू सबैलाई स्वागत छ । यस भागमा हामी अपाङ्गता भएका बालबालिकाकेन्द्रित विशिष्टीकृत विषयवस्तुहरूमा छलफल गर्ने छौँ । यदि तपाईँले यस सिकाइ सामग्रीको पहिलो भाग अध्ययन गर्न पाउनुभएको छैन भने पहिले त्यो भागको अध्ययन पूरा गर्नुहुन अनुरोध छ किनभने पहिलो भागमा धेरैजसो आधारभूत विषयवस्तुहरूका बारेमा चर्चा गरिएको छ । अब यो दोस्रो भागमा हामी त्यहाँबाट सिकेका ज्ञान र सिपकै सिलसिलालाई अगाडि बढाउने छौँ ।
प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण सिकाइ सामग्रीको यस दोस्रो भागमा हामी अपाङ्गता तथा विशेष आवश्यकता भएका बालबालिकाहरूलाई केन्द्रित गरी सिकाइ सहजीकरण गर्न तथा कक्षाकोठालाई अपाङ्गता समावेशी बनाउनेसम्बन्धमा छलफल गर्ने छौँ । त्यसै गरी यस भागमा हामी वैयक्तिक प्रारम्भिक सिकाइ योजना (IELP), वैयक्तिक पारिवारिक सहयोग योजना (IFSP), पाठ्यक्रम विविधीकरण र निर्माणात्मक मूल्याङ्कन जस्ता नयाँ विषयवस्तुका बारेमा जानकारी लिने छौँ ।
तालिमका उद्देश्यहरू
![](https://old.cehrd.gov.np/ecedportal/wp-content/uploads/2023/03/Sectio2-Lession1_1.png)
प्रारम्भिक बालविकास केन्द्रमा हुने दैनिक क्रियाकलापमा सिकाइ सहजीकरण गर्ने र सबै क्रियाकलापहरू सबै किसिमका बालबालिकाहरूलाई अनुकूल हुने गरी सञ्चालन गर्ने तरिकामा जानकारी गराउने ।
![](https://old.cehrd.gov.np/ecedportal/wp-content/uploads/2023/03/Section-Lession1_2.png)
अपाङ्गता भएका तथा सिकाइमा कठिनाइ भएका बालबालिकाहरूको आवश्यकता सम्बोधन हुने गरी छुट्टै वैयक्तिक प्रारम्भिक सिकाइ योजना र एकीकृत परिवार सेवा योजना निर्माणका चरणहरू, विषयवस्तु, क्षेत्र र ढाँचामा परिचित गराउने ।
![](https://old.cehrd.gov.np/ecedportal/wp-content/uploads/2023/03/Section2-Lession1_3.png)
कक्षाकोठामा विविधताको व्यवस्थापन गर्न, आपसी सहयोग र सहकार्य बढाउन, विद्यार्थीकेन्द्रित सिकाइ क्रियाकलाप सुनिश्चित गर्न तथा उपयुक्त विकास तथा सिकाइको वातावरण निर्माण गर्नका लागि प्रारम्भिक बालविकास तथा शिक्षामा कक्षाकोठा व्यवस्थापनको महत्व प्रस्ट्याउने।
साङ्केतिक भाषाका भिडियो
![An alternative communication method that accommodates learning styles and abilities.](https://old.cehrd.gov.np/ecedportal/wp-content/uploads/2023/06/Lession7_1.png)
यस अनलाइन सिकाइ सामग्रीमा साङ्केतिक भाषासहितको भिडियोहरू उपलब्ध छन् । यदि तपाईँलाई साङ्केतिक भाषासहितको भिडियो आवश्यक पर्ने भए भिडियो रहेको पेजमा सो विकल्प छनोट गर्न सकिने छ ।