सिकाइका थप रणनीतिहरू
हामीले यस सिकाइ सामग्रीको पहिलो भागमा नै अपाङ्गता भएकासहित सबै बालबालिकाहरूलाई समावेशी ढङ्गले सिकाइ सहजीकरण गर्नका लागि आवश्यक केही रणनीतिहरू ,जस्तै- दैनिक क्रियाकलाप अनुकूलन, प्रत्यक्ष निर्देशन तथा सिर्जनात्मक चालका बारेमा छलफल गरिसकेका छौँ । अब यस सत्रमा यहाँहरूले सिकाइलाई सहजीकरण गर्ने थप रणनीतिहरूका बारेमा थाहा पाउनुहुने छ । यस्ता रणनीतिहरूमा बालबालिकालाई दोहोर्याएर निर्देशन दिने, कठिन कार्यलाई साना भागमा बाँड्नका लागि गरिने कार्य विश्लेषण तथा बहुइन्द्रिय निर्देशन र व्यवहारजन्य सहायताहरू पर्दछन् । यी रणनीतिहरूले विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाका आवश्यकता सम्बोधन गर्न सहयोग गर्छन ।