यदि बालविकास केन्द्रको बसाइ व्यवस्थापन विविध शारीरिक तथा सिकाइ शैली र आवश्यकता भएका बालबालिकालगायत सबै बालबालिकालाई उपयुक्त हुने गरी बनाइएको छ भने त्यसलाई लचिलो बसाइ व्यवस्थापन भनिन्छ ।
बालविकास केन्द्रमा परम्परागत बेञ्च र डेस्क तथा आधुनिक कार्पेट दुबै वा थप अन्य व्यवस्थापन गरी लचिलो बसाइ व्यवस्थापन भएमा बालबालिकाले सहज रुपमा बसेर सिकाइ गर्न सक्छन् । विशेष गरेर शरीरिक तथा संवेदनात्मक (इन्द्रिय सम्बन्धी) अपाङ्गता भएका बालबालिका तथा फरक शारीरिक आवश्यकता भएका बालबालिकाका लागि यस प्रकारको व्यवस्थापन लाभदायक हुन्छ ।
लचिलो बसाइ व्यवस्थापनका फाइदाहरु:
लचिलो बसाइ व्यवस्थापनले बालबालिकालाई दिनभरि सक्रिय बनाउँछ ।विविध बसाइको अवसरले गर्दा बालबालिकाहरु आवश्यकताअनुरुप आरामदायी बसाइ रोज्न, सिकाइमा सक्रिय हुन र सहभागितामा सहयोग गर्दछ ।
बालविकास केन्द्रमा लचिलो बसाइ व्यवस्थापनले बालबालिकालाई आफ्नो व्यक्तिगत आवश्यकताअनुरुप बसाइको छनौट गरी गरी सक्रियतापूर्वक बालविकास केन्द्रको दैनिक क्रियाकलापमा सक्रिय सहभागी हुन सक्छन् ।
लचिलो बसाइ व्यवस्थापनले विविध शारीरिक आवश्यकता भएका बालबालिकालाई आफ्नो आवश्यकताअनुकूल आरामदायी बसाइ छनौट गर्न सकिन्छ । आरामदायी बसाइले उनीहरूको ध्यान सिकाइमा केन्द्रित हुन्छ । बसाइ असजिलो भएमा सिकाइमा भन्दा पनि शरीरको असजिलोपनामा ध्यानकेन्द्रित हुन्छ । त्यसैले यस प्रकारको बसाइ व्यवस्थापनले बालबालिकाले बेञ्चमा अप्ठेरो भए सुकुल वा अन्य ठाउँमा आवश्यकताअनुसार ठाउँ साटेर बस्न सक्ने छन् ।
लचिलो बसाइ व्यवस्थापनले बालविकास केन्द्रमा समावेशितालाई अभिवृद्धि गर्दछ । विशेष गरी अपाड्ता भएका बालबालिकाले आफ्नो शारीरिक तथा संवेदनात्मक आवश्यकताअनुरुप आरामदायी र सजिलो बसाइको अवसर पाउँदछन् ।
लचिलो बसाइ व्यवस्थापनले बालबालिकालाई ठुलो तथा सानो समूह र साथी साथीको जोडीमा सहकार्य गर्न सजिलो वातावरण तयार गर्दछ ।
लचिलो बसाइ व्यवस्थापनका केही उदाहारणहरु जसबाट प्रारम्भिक बालविकास केन्द्रका बालविकास शिक्षकले यस प्रकारको व्यवस्थापनलाई सजिलै कक्षाकोठामा लागू गर्न सक्ने छन्, ती यस प्रकार छन् :