व्यावहारिक सहयोग प्रदान गर्ने केही तरिकाहरू तल प्रस्तुत गरिएका छन् :
सकारात्मक व्यवहारलाई तुरुन्तै सहयोग गर्ने तुरुन्तै सकारात्मक व्यावहारिक सहयोग प्रदान गर्नु व्यवहार व्यवस्थापनको स्वस्फूर्त विधि हो । यसले स्पष्ट व्यवहारको अपेक्षा र सकारात्मक व्यवहारको अभिवृद्धि गर्दछ । यो विधि पनि अपाङ्गता भएका बालबालिकाको सिकाइ तथा विकासका लागि विशेष महत्व राख्दछ ।
स्पष्ट व्यवहारको अपेक्षा बालबालिकालाई आफूले उनीहरूबाट गरेको व्यावहारिक अपेक्षा बुझेमा उनीहरूले सोअनुसार व्यवहार बदल्न र सकारात्मक व्यवहार विकास गर्न कोसिस गर्छन्। यसका लागि उनीहरूलाई प्रारम्भिक बालविकास केन्द्रको नियम बुझाउने र सोअनुसार पालन गर्न अभिप्रेरित गर्ने साथै भिडियो चित्र वा पोष्टरबाट पनि आफूले अपेक्षा गरेको व्यवहार झल्काउन र बुझाउन सकिन्छ ।
पुनर्बलको प्रयोग बालबालिकालाई सकारात्मक व्यवहारका लागि उत्प्रेरणा गर्न सकारात्मक पुनर्बल दिन सकिन्छ । कुनै पनि सकारात्मक व्यवहार देखाउनासाथ स्याबासी दिने, प्रशंसा गर्नेजस्ता सकारात्मक व्यवहार प्रदर्शनीले पुनर्बल प्रदान गर्छ ।
व्यक्तिगत योजना तयारी विशेष आवश्यकता भएका बालबालिकाका लागि उनीहरूको सिकाइ आवश्यकताअनुसार व्यक्तिगत योजना तयार गर्नुपर्छ। व्यक्तिगत योजना कुनै पनि बालबालिकाको अभिभावक तथा परिवारसँग सहकार्य गर्दै तयार गरिन्छ । यसले प्रत्येक बालबालिकाको विशेष आवश्यकता पत्ता लगाई उपयुक्त लक्ष्य निर्धारण गर्न र सोअनुसार उपलब्धिहरू हसिल गर्न सहकार्य गर्न सकिन्छ ।