बहुइन्द्रिय निर्देशन सिकाइ विधिले सिकाइका क्रममा एकै पटक धेरै इन्द्रियको प्रयोग भई प्रभावकारी सिकाइ सम्भव हुन्छ । उदाहरणका लागि एउटै वस्तुलाई हेरेर, छामेर, चाखेर, सुँघेर सिक्ने विधिबाट अपाङ्गता भएका बालबालिकाका लागि बहुआयामिक सिकाइ अनुभव प्राप्त हुनुका साथै विविध सिकाइ शैली भएका बालबालिकालाई समेत यसले समेट्छ ।
बहुइन्द्रिय निर्देशन सिकाइ किन महत्वपूर्ण छ ?
यसका केही उदाहरणहरु तल प्रस्तुत गरिएको छ ।
शिक्षकले कक्षाकोठामा चित्र, भिडियो, पोस्टर आदिको प्रयोग गरी सिकाइ क्रियाकलाप गराउँदा बालबालिकाले अवधारणा स्पष्ट बुझेर अर्थपूर्ण तरिकाले सिक्न
सक्छन् । यो विधि विविध सिकाइ आवश्यकता भएका बालबालिकाको प्रभावकारी संलग्नता अभिवृद्धि गर्न उपयोगी हुन्छ ।
दृष्टिसम्बन्धी उपकरणको प्रयोगका केही उदाहरण: पोस्टर, चार्ट, भिडियो, चित्र
यस विधिमा बालबालिकाहरूले सामग्रीहरु छोएर आफ्नो बुझाइअनुसार विभिन्न तरिकाले प्रयोग गरेर, सिर्जना गरेर, फेरबदल गरेर सिक्न सक्छन् । यसमा स्पर्शनीय सिकाइ आवश्यकता भएका बालबालिकाले उपलब्धिमूलक सिकाइ प्राप्त गर्दछन् ।
स्पर्शद्वारा सिकाइका केही उदाहरण: प्रयोग गरेर, सिर्जना गरेर, फेरबदल गरेर
बालबालिकाको सिकाइमा श्रव्यसम्बन्धी अवसरहरु प्रदान गर्नुपर्छ । गीत, सङ्गीत वा अन्य ध्वनिको प्रसारणले विषयवस्तुसम्बन्धी स्पष्ट बुझाइ गर्न सहयोग गर्दछ । यस्तो अवसरले विविध सिकाइ आवश्यकता भएका बालबालिकालाई सिकाइ अनुकूलित गर्न सहयोग गर्दछ ।
श्रव्यका माध्यमबाट सहयोगका केही उदाहरणः गीत, सङ्गीत, ध्वनि
प्रभावकारी सिकाइका लागि शारीरिक सञ्चालन विधिहरु मनोरञ्जनात्मक तरिकाले अपनाउन सकिन्छ,जस्तै-नृत्य, योगा, खेल, आदिको अवसरले स्पर्शनीय सिकाइ क्षमता भएका बालबालिका र अपाङ्गतासहित विविध क्षमता भएका बालबालिकाका लागि सिकाइ अनुकूलित हुन्छ ।
शरीर सञ्चालनको अवसरका केही उदाहरण: नृत्य, योगा, खेल
यसरी बहुइन्द्रिय नियन्त्रणका उपयोगी अवसरले बहुइन्द्रिय विविध सिकाइ आवश्यकता भएका बालबालिकासहित सबै बालबालिकालाई सिकाइका विविध अवसर प्रदान गर्दछ । त्यसैले बालबालिकालाई श्रव्य, दृश्य, स्पर्शजस्ता विविध सिकाइको वातावरण सिर्जना गर्नुपर्दछ ।