४ वर्षदेखि ५ वर्षका अर्थात् ४८ महिनादेखि ६० महिना पूरा भएका बालबालिकाहरूले कति कुरा सिके र सिकाइमा कति विकास भयो भनेर थाहा पाउन उनीहरूलाई सिकाइ तथा विकास मापदण्ड तयार गरी लागू गरिएको छ जसलाई प्रारम्भिक सिकाइ तथा प्रगति विवरण -Early learning and development standards of readiness( ELDS) पनि भनिन्छ ।प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत बालविकास शिक्षकहरूलाई बालबालिकाको विकास तथा सिकाइको मूल्याङ्कन क्रियाकलाप सञ्चालन गरी विकास तथा सिकाइको अवस्था पहिचान गरी प्रत्येक बालबालिकाको व्यक्तिगत मूल्याङ्कन अभिलेखमा राख्नका लागि प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरण उपलब्ध गराइएको हो ।
प्रारम्भिक बालविकासका क्षेत्रहरु, जस्तै- शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासका आधारमा विभिन्न सूचकहरु तयार पारिएको छ र तिनै सूचकहरुको आधारमा बालबालिकाको निर्माणात्मक मूल्याङ्कन गरिन्छ ।