पहिलो चरण
अपाङ्गताको प्रकार र गम्भीरताको पहिचान भइसकेपछि अपाङ्गता परिचयपत्र महत्वपूर्ण आवश्यकता हो । तसर्थ उक्त परिचयपत्र दिलाउने र उसलाई सिक्नलाई विशेष सहयोग जरूरी पर्छ भन्ने कुरा योजनामा उल्लेख गर्नुपर्छ । यसरी उल्लेख गर्दा के कस्ता सहयोगहरू गर्न जरूरी छ भन्ने कुरा पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ ।
तेस्रो चरण
अपाङ्गता भएका बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न प्रकारका थेरापी सेवाहरूको जरूरी पर्न सक्छ, जस्तै- फिजियो थेरापी, अकुपेशनल थेरापी, स्पीच थेरापी इत्यादि । यसै गरी दैनिक जीवनलाई सहज बनाउन चाहिने सहायक सामग्रीमा कसरी अभ्यस्थ हुने भन्ने विषयमा पनि बालबालिकालाई सिकाउनुपर्छ । यसका लागि सेवा दिने सेवा प्रदायक र विज्ञहरू फरक फरक हुन्छन् । त्यसैले यस्ता सेवाहरू प्राप्त गर्नका लागि विभिन्न सम्बन्धित सेवा प्रदायकहरूसँग छलफल तथा समन्वय बैठकहरू आयोजना गर्नुपर्छ ।
योजना तयारी बैठकमा सेवा प्रदायकहरू, जस्तै- स्थानीय तहका शिक्षा अधिकृत, सम्बन्धित क्षेत्रका चिकित्सक, शिक्षक, नर्स, अपाङ्गता विज्ञ, परामर्शदाता तथा अभिभावक र सामाजिक कार्यकर्तालाईआमन्त्रण गर्नुपर्दछ । योजना निर्माण गर्दा बहुविधाका विज्ञको सहयोग आवश्यक पर्ने र नेपालको सन्दर्भमा योजना निर्माणमा आवश्यक हुने सबै विज्ञ उपलब्ध हुन सक्ने अवस्था सबै स्थान र सन्दर्भमा नहुने भएकाले पहिले योजनाको तयारी बैठक बस्नु परेको हो । यस चरणमा कुन बालबालिकालाई कस्तो प्रकारको सेवा जरूरत छ भन्ने विषयमा छलफल गरिन्छ ।
यस चरणमा सेवा प्रदायक र सरोकारवालासँग बैठक बसेर छलफल गरेबमोजिम बालविकास केन्द्रको सेवा क्षेत्रभित्र पहिचान भएका अपाङ्गता भएका बालबालिकाको कार्यगत सीमितता, सबल पक्ष र उनीहरूलाई दिनुपर्ने सेवा र सहयोगको विषयमा निर्क्योल गरिन्छ र उक्त कुराहरूलाई योजनामा समावेश गरिन्छ ।
यस चरणमा वैयक्तिक प्रारम्भिक सिकाइ योजना तर्जुमा समूहले बालबालिकाको अपाङ्गता, यसको गम्भीरता र उसलाई चाहिने विशेष सहयोगहरू र शारीरिक तथा मानसिक विकासका लागि सुरूआती अवस्थामा गर्नुपर्ने हस्तक्षेपहरूलाई लिपिबद्ध गरी प्रारम्भिक सिकाइ योजना तर्जुमा गरिन्छ । यस योजनामा अभिभावक, परिवारका सदस्यहरू, शिक्षक, विद्यालय व्यवस्थापन, स्वास्थ्यकर्मीहरू, थेरापिष्टहरू, बाल विशेषज्ञहरू, अपाङ्गता विज्ञहरूलगायत सबैको भूमिकाहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ ।