सञ्चार बोर्ड

सञ्चार बोर्ड बोलेर आफ्नो विचार व्यक्त गर्नमा कठिनाइ भएका बालबालिकाका लागि लेखेर वा चित्रहरूमा देखाएर भावना व्यक्त गर्न सहयोग गर्ने महत्त्वपूर्ण सहयोगी साधन हो ।

अपाङ्गता समावेशी सञ्चा

सिकाइ उपलब्धि सहजै हासिल गर्न सक्ने गरी बालबालिकाको आवश्यकताअनुकूल सञ्चार बोर्ड तयार पार्नुपर्दछ ।

अभिभावक तथा विज्ञहरुसँग सहकार्य गरेर तथा बालबालिकाको सिकाइ आवश्यकतालाई ध्यानमा राखेर पनि अनुकूलित सञ्चार बोर्ड तयार गर्न सकिन्छ।

अनुकूलित सञ्चार बोर्डका विविध प्रकार

  • साधारण निर्देशन दोहर्‍याउने
  • दृश्य सहयोग चार्ट
  • क्रमबद्ध सरलबाट जटिल
  • सिप अभ्यासको अवसर
  • दैनिक कार्यतालिका
  • सञ्चार पुस्तक
  • विषयगत चित्र
  • भाषा सिकाई कालागि शब्द वा वाक्य
  • खेल तथा शारीरिक सञ्चालन क्रियाकलाप सम्बन्धी
  • अन्तरक्रियात्मक

सञ्चार बोर्डको महत्व

  • बालबालिकालाई सञ्चारमा निरन्तर सहयोग प्राप्त हुन्छ।
  • यो एक खेल सामग्रीको रुपमा प्रयोग हुने हुनाले बालबालिकाले खेल्दै सिक्दै गर्न सक्छन् ।
  • बालबालिकाले आफ्नो आवश्यकताअनुसार घर,कक्षाकोठा,खेलमैदान जताततै सजिलै प्रयोग गर्न सक्छन्।
तालिमको व्यवस्था
बालबालिकाको सिकाइ निरन्तरताका लागि तयार पारिएको सञ्चार बोर्डको प्रयोगका लागि अभिभावक तथा हेरचाहकर्ता साथै प्रारम्भिक बालविकास शिक्षकहरूलाई बालबालिकालाई सञ्चार बोर्डको प्रयोग गरी सिक्ने अवसर कसरी प्रदान गर्ने, कसरी अभ्यास गराउने, सकारात्मक पृष्ठपोषण कसरी दिने आदि विविध विषयमा तालिम उपलब्ध गराउनुपर्छ । 

के हामी आफैँले सञ्चार बोर्ड तयार पार्न सक्छौँ त ?

हो सक्छौँ, आफ्ना बालबालिकाको आवश्यकताअनुसार हामीले स्थानीय स्तरमा पाइने विभिन्न सामग्रीहरूबाट सञ्चार बोर्ड तयार पार्न सक्छौँ । 

सञ्चार बोर्डलाई सिकाइ अभ्यासमा प्रयोग गर्न सकेमा बालविकास शिक्षकले बालविकास केन्द्रमा सकारात्मक समावेशी सिकाइ वातावरण सिर्जना गरी अपाङ्गता भएका लगायत विविध सिकाइ आवश्यकता भएका बालबालिकालाई सहभागी गराउन सम्भव हुन्छ ।