इन्द्रियमैत्री सिकाइ सामग्री

इन्द्रिय/ज्ञानेन्द्रिय

हाम्रो शरीरका आँखा , नाक, कान, जिब्रो, हात वा छालालाई इन्द्रिय वा ज्ञानेन्द्रिय भनिन्छ
यी इन्द्रियहरूले मस्तिष्कलाई ज्ञान वा सूचना प्रवाह गर्ने भएकोले मस्तिष्कमा सूचनाहरू सङ्लन गरेर राख्दछ र कुनै पनि वस्तुको पहिचान गर्ने र त्यो वस्तुप्रति धारणा बनाउने कार्य गर्दछ ।

इन्द्रियमैत्री खेल

एकभन्दा बढी इन्द्रियहरूको प्रयोग गरी खेलिने खेललाई इन्द्रियमैत्री खेल भनिन्छ । इन्द्रियसम्बन्धी अपाड्गता भएका बालबालिकाको सिकाइ तथा विकासका लागि यस्ता खेलहरू खेलाइन्छ ।

इन्द्रियमैत्री खेल सामग्री

इन्द्रियमैत्री खेल सामग्रीका लागि आफ्नै घर भान्साका सामग्री, जस्तै- स्वाद तथा वासना लिन मिल्ने सामग्री, दृश्य तथा स्पर्श गर्न मिल्ने सामग्री, सुनाइ सामग्री आदिलाई खेल सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ । यसका साथै चित्र, भिडियो, पोस्टर वा वास्तविक वस्तुको पनि प्रयोग गर्न सकिन्छ ।

इन्द्रियमैत्री खेल खेलाउने तरिका

बालबालिकालाई बालविकास केन्द्रको दैनिक कार्यतालिकाअनुसार सानो समूहको क्रियाकलाप तथा स्वतन्त्र खेलको समयमा खेलाउन सकिन्छ ।

इन्द्रियमैत्री खेलमा ध्यान दिनुपर्ने  कुराहरू 

•बहुस्पर्श इन्द्रिय उपयोगी सामग्री,
•बृहत् अवधारणा बुझाउने
•बसाइ व्यवस्थापन
•सक्रिय सहभागिता
•सकारात्मक पुनर्बल दिने
•स्पष्ट निर्देशन

स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोगबाट इन्द्रियमैत्री विभिन्न गतिविधिहरू गराउन सकिन्छ।

इन्द्रियमैत्री खेलबाट सिकाइ

  • इन्द्रियमैत्री खेलले बालबालिकालाई रोचकता प्रदान गरी सिक्नका लागि उत्प्रेरणा जगाउँछ ।
  • यसबाट बालबलिकाले वस्तु वा घटनालाई लामो समय स्मरण गरी प्रभावकारी सिकाइको अवसर प्राप्त गर्दछन् ।
  • यस्ता खेल सबै सिकाइ आवश्यकता भएका बालबालिकाका लागि उपयोगी हुन्छन् ।
  • बालबालिकाले हेरेर,देखेर, अनुभव र कल्पनाद्वारा वस्तु वा घटनाको स्पष्ट धारणा बनाउँछन् ।
  • यसबाट बालबालिकाको  मस्तिष्कमा दिगो अवधारणा रही प्रभावकारी सिकाइ हुन्छ ।
स्थानीय स्तरमा पाइने सामग्रीहरू सङ्कलन गरी ध्यानपूर्वक खेलौना तयार गर्दै एक बालिका