अपाङ्गताको परिचय

“अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेयरमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा झेल्दै आएका व्यक्तिहरू हुन् ।

अपाङ्गता भनेको रोग होइन । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।

अपाङ्गता यस संसारमा विद्यमान अवरोधहरूसँग पनि सम्बन्धित छ। यस्ता अवरोधहरूले अपाङ्गता भएका व्यक्तिलाई केही कुराहरू गर्न वा जीवनका विविध आयाममा पूर्ण सहभागिता हुनबाट रोक्छन् । उदाहरणका लागि ह्विलचियर नपुग्ने कक्षाकोठा, विविध आवश्यकता सम्बोधन नगरी तयार गरिएका विद्यार्थी सिकाइ सामग्री आदि ।