आकार चिनारी खेल

सिकाइ उद्देश्य
• आकार चिनेर छुट्याउन सक्नेछन् ।
आवश्यक समाग्रीहरू
कार्टुनको बट्टा, विभिन्न आकारमा काटेको काठ वा कार्डबोर्डका रङ्गीन टुक्राहरू ।
मुल्याङ्कन
विभिन्न आकारका प्वालहरूमा काटिएका काठका टुक्राहरू छिराउन सके नसकेको हेर्ने ।
क्रियाकलाप विधि
कार्टुन वा बट्टामा विभिन्न आकारका प्वालहरू बनाउने, बालबालिकालाई विभिन्न आकारमा काटेको काठ वा कार्डबोर्डका रङ्गीन टुक्राहरू दिने र कार्टुन वा बट्टामा छिराउन लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई छामेर अनुभव गर्न लगाई क्रियाकलापमा सहभागी गराउन सकिन्छ ।