प्रोत्साहन चार्ट

सिकाइ उद्देश्य

• बालबालिकालाई सङ्केतबाट प्रोत्साहित गर्ने ।

आवश्यक समाग्रीहरू

चार्ट पेपर, कार्डबोर्ड, क्रेयन

मुल्याङ्कन

बालबालिकाले तारा पाएकोमा खुशी भए नभएको हेर्ने ।

क्रियाकलाप विधि

ठूलो चार्ट पेपर लिने । चार्ट पेपरको एकातिर बालबालिकाबाट व्यवहारमा खोजिएको विभिन्न कार्यहरूको सूची राख्ने । चार्ट पेपरको अर्कोतिर बालबालिकाको नाम राख्ने । कार्डबोर्डलाई तारा आकारमा काट्ने र विभिन्न रङ्ग लगाएर तारा तयार गर्ने । तारामा भेलक्रो लगाएर बालबालिकालाई आफैं टाँस्न लगाउने (तारालाई छाम्न मिल्ने खस्रो बनाउन सकिन्छ) । कुन कार्यमा बालबालिकाले कस्तो प्रतिक्रिया देखाए सोको आधारमा बालबालिकाको नामअनुसार तारा दिने । बालबालिकाले के काम गरेकोले कस्तो रङ्गको तारा पाएको हो भन्ने पनि बताउने । कक्षाको अन्त्यमा कुन-कुन काम गर्दा कसकसले तारा पाए, कतिओटा पाए र कस्तो कस्तो रङ्गका तारा पाए भन्नेजस्ता कुराहरू छलफल गर्ने ।