इन्द्रियमैत्री वातावरण तथा सहज बसाइ व्यवस्थापन

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण सिकाइ सामग्रीको दोस्रो भागको पहिलो सत्रमा यहाँहरूलाई स्वागत छ । यस सत्रमा यहाँहरूले अपाङ्गता भएका बालबालिकालाई नै लक्षित गरी उनीहरूको विविध सिकाइ आवश्यकता पूरा गर्न इन्द्रियमैत्री वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेमा विशेष ज्ञान हासिल गर्नुहुने छ । यसै गरी सिकाइमा बसाइ तथा बसाइ व्यवस्थापनले पनि निकै महत्त्वपूर्ण भूमिका खेल्दछ । विशेष तथा विविध सिकाइ आवश्यकता भएका बालबालिकालाई सिकाइ सहजीकरण गर्न सहज होस् भन्ने हेतुले सहज बसाइ व्यवस्थापन कसरी गर्ने भन्ने सिपसमेत हासिल गर्नुहुने छ ।