निर्माणात्मक मूल्याङ्कन

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण सिकाइ सामग्रीको दोस्रो भागको पाँचौँ सत्रमा यहाँहरूलाई स्वागत छ । बालबालिकाहरूको सिकाइमा निरन्तर सहयोग, पृष्ठपोषण तथा मूल्याङ्कनको भूमिका महत्त्वपूर्ण हुन्छ । निर्माणात्मक मूल्याङ्कनको प्रयोग गरेर अपाङ्गता भएकासहित सबै बालबालिकाहरूले हालसम्म के कति सिकाइ हासिल गरे भन्ने बुझ्ने मात्र नभएर यदि कुनै बालबालिकाले सिकाइको लक्ष्य हासिल नगरेको भए उसलाई लक्ष्य हासिल गराउनका लागि सहयोगको योजनासमेत निर्माण गरिन्छ । यस सत्रमा निर्माणात्मक मूल्याङ्कनको परिचय र यसका प्रक्रियाहरू के के हुन्छन् भन्ने बारेमा चर्चा गरिने छ ।