प्रि-ब्रेल र आधारभूत सङ्केत

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण सिकाइ सामग्रीको दोस्रो भागको तेस्रो सत्रमा स्वागत छ । यस सत्रमा यहाँहरूले दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूलाई सिकाइ सहजीकरण गर्दा आवश्यक पर्ने प्रि-ब्रेलसम्बन्धी आधारभूत ज्ञान हासिल गर्नुहुने छ । त्यसै गरी सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूको सिकाइ सहजीकरणका लागि आधारभूत सङ्केतहरूका बारेमा पनि चर्चा हुने छ । अन्त्यमा विकासात्मक अपाङ्गता भएका बालबालिकाहरूलाई सहज ढङ्गबाट सिकाइमा समावेश गर्नका लागि  इन्द्रियमैत्री खेल तथा खेलौनाहरूको जानकारी तथा तिनीहरूले सिकाइमा खेल्ने भूमिकाका बारेमा समेत जानकारी हासिल गर्नुहुने छ ।