वैयक्तिक प्रारम्भिक सिकाइ योजना (IELP)

अपाङ्गता भएका तथा विशेष सिकाइ आवश्यकता भएका बालबालिकाको सिकाइमा उनीहरूको आवश्यकतालाई सम्बोधन हुने गरी वैयक्तिक सिकाइ योजना निर्माण गर्नुपर्दछ । यसै विषयसँग सम्बन्धित रहेर यस सत्रमा वैयक्तिक प्रारम्भिक सिकाइ योजना के हो, यसमा के के विषयवस्तुहरू समावेश गरिन्छ, यसको उद्देश्यहरू के के हुन् र यसलाई कसरी निर्माण गरिन्छ आदि विविध विषयका बारेमा यहाँहरूले जानकारी प्राप्त गर्नुहुनेछ ।