वैकल्पिक प्रभावकारी सञ्चार

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण पहिलो भागको अर्को नयाँ सत्रमा यहाँहरूलाई पुनः स्वागत छ । यस सत्रमा वैकल्पिक प्रभावकारी सञ्चार भनेको के हो र सिकाइमा यसको महत्त्व के छ भन्ने बारेमा जानकारी पाउनुहुने छ । सिकाइलाई बालमैत्री र अन्तरक्रियात्मक बनाउन विविध रणनीतिहरू र तौर तरिकाहरू अवलम्बन गरिन्छ, जस्तै- सञ्चार बोर्ड, दृश्यात्मक तथा स्पर्शका माध्यमबाट गरिने सञ्चार तथा इन्द्रियमैत्री खेलौनाको प्रयोग आदि । यस सत्रमा यिनै विविध विषयका बारेमा यहाँहरूले ज्ञान तथा सिप हासिल गर्नुहुने छ ।