समापन

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणका दोस्रो भागका सबै सत्रहरू सफलतापूर्वक सम्पन्न गरेर यहाँसम्म आइपुग्नुभएकोमा यहाँहरूलाई धेरै बधाई छ । यस भागमा हामीले प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता भएका बालबालिकाहरूमा केन्द्रित भएर विशिष्टीकृत विषयवस्तुहरूका बारेमा सिक्ने अवसर पायौँ ।  यसभन्दा अगाडिको भागमा यहाँहरूले प्रारम्भिक बाल विकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणका सम्बन्धमा आधारभूत विषयवस्तुहरू पनि सिकिसक्नुभएको छ ।

यस अनलाइन सामग्रीको दुबै भागको सफलतापूर्वक अध्ययन समाप्त गर्नु भएपछि यहाँ सिकेको सिप र ज्ञानलाई यहाँहरू सबैले आफ्नो कक्षाकोठामा लागू गरेर अपाङ्गता भएकासहित सबै बालबालिकाहरूलाई समावेशी ढङ्गले सिकाइका विविध गतिविधिहरूमा समावेश गराउनुहुनेछ भन्ने पनि हामीले विश्वास लिएका छौँ ।

त्यसै गरी यही वेबसाइटमा बालविकास शिक्षकहरूका लागि भनेर क्रियाकलापहरूको सँगालो, विभिन्न खेललाई समावेशी रूपमा सञ्चालन गर्न सिकाउने भिडियोहरू तथा अन्य महत्त्वपूर्ण स्रोत सामग्रीहरू पनि समावेश गरिएका छन् । । ती सबै सामग्रीहरू अध्ययन गरी प्रयोग गरेर बालविकास केन्द्रका बालबालिकाहरूको सिकाइलाई थप प्रभावकारी बनाउनुहुन हाम्रो अनुरोध छ ।

समावेशी शिक्षाप्रति यहाँको निरन्तर प्रतिबद्धताको लागि फेरि पनि धन्यवाद दिँदै अहिलेलाई बिदा हुन चाहन्छौँ । नमस्कार ।