समावेशी संस्कृति र अभ्यासहरू

समावेशिताका सिद्धान्तलाई आत्मसात गर्न र अपाङ्गता भएका र नभएका बालबालिकाहरूलाई समान रूपमा सिकाइ तथा विकासको अवसर सुनिश्चित गर्न सिकाइ सहजीकरणका रणनीतिहरू मात्र पर्याप्त हुँदैनन् । त्यसका लागि प्रारम्भिक बालविकास केन्द्रहरूमा समावेशी संस्कृति र संस्कारको पनि विकास हुनुपर्छ ।  त्यसैले यस सत्रमा हामी समावेशी संस्कृति भनेको के हो र बालविकास केन्द्रमा समावेशी संस्कृति र संस्कारको विकास र प्रवर्धन कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने छौँ ।