सिकाइका रणनीतिहरू
अघिल्लो सत्र सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा यहाँहरूलाई धेरै धन्यवाद तथा बधाई छ । अघिल्लो सत्रमा यहाँहरूले बालमैत्री तथा अपाङ्गतामैत्री कक्षाकोठाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा विस्तृत जानकारी हासिल गर्नुभयो । अब यस सत्रमा यहाँहरूले बालबालिकाको विविध सिकाइ आवश्यकताहरूको पहिचान कसरी गर्ने र पहिचान भएका आवश्यकताहरू कसरी सम्बोधन गर्ने भन्ने बारेमा जानकारी प्राप्त गर्नुहुने छ । बालविकास शिक्षकहरूले कक्षाकोठा प्रयोग गर्नुहुने सिर्जनात्मक चाल, साना समूह क्रियाकलाप तथा बालविकास केन्द्रका अन्य क्रियाकलापहरूलाई कसरी अपाङ्गतामैत्री बनाउने भन्ने विषयका साथै सिकाइका रणनीतिहरू, जस्तै- प्रत्यक्ष निर्देशन र आधारभूत परामर्श तथा भावनात्मक सहायता जस्ता विषयवस्तुहरूमा समेत यस सत्रमा छलफल गरिने छ ।