अपाङ्गता

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणको पहिलो भागको यो पहिलो सत्रमा यहाँहरूलाई स्वागत छ । यस सत्रमा यहाँहरूले अपाङ्गताका बारेमा धेरै कुराहरू थाहा पाउनुहुने छ, जस्तै- अपाङ्गता के हो, यसको वर्गीकरण कुन कुन आधारमा र कसरी गरिएको छ, अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने मर्यादित शब्दावलीहरू कस्ता छन्, राज्यले प्रदान गर्ने अपाङ्गता परिचय पत्र कस्तो हुन्छ र वितरण प्रक्रिया कस्तो छ भन्ने लगायतका कुराहरू समेटिएका छन् । यसका अलावा अपाङ्गता भएका बालबालिकाहरूको प्रारम्भिक पहिचान र उनीहरूको कार्यगत सीमितताका आधारमा सिकाइ सहजीकरण गर्ने आधारभूत तरिकाजस्ता विषयवस्तुहरू पनि समावेश भएका छन् ।