दृष्टि, स्पर्श, गति, स्वाद, गन्ध संवेदनामा कठिनाइ भएका अटिजम तथा अति संवेदनशीलता जस्ता समस्या (इन्द्रियसम्बन्धी अपाङ्गता) भएका बालबालिकाहरूका लागि सहज तथा सिकाइ सहयोगी वातावरण निर्माण गर्ने तरिकाहरू प्रस्ट पार्ने ।
सबै बालबालिकालाई उपयुक्त हुने लचिलो बसाइ व्यवस्थापन र यसका फाइदाहरुका बारेमा जानकारी दिने।
मस्तिष्क मन्थन विधिले स्वतन्त्र रुपले सोच्न र खुला छलफललाई प्रोत्साहित गर्ने हुनाले सिकाइ सहजीकरणमा यस विधिको प्रयोगबारे बताउने ।