हामीले भर्खरै अपाङ्गता बारेमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अगाडि हामीले यो सत्रका विषयवस्तु कत्तिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त ! यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अगाडि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है ।
तलका तीन चित्रहरुको सूक्ष्म अध्ययन गर्नुहोस् । अब भन्नुहोस् यी चित्रहरूले के सन्देश दिन खोज्दै छन् ?