तालिमपश्चातको ज्ञान परीक्षण

हामी अब “सहकार्य र सञ्जाल निर्माण” विषयमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !

  • सरोकारवाला निकाय भन्नाले के बुझ्नुहुन्छ?
  • बालबालिकाको विकास तथा सिकाइमा सम्बन्धित सरोकारवाला निकायहरूलाई कसरी संलग्न गराउन सक्नुहुन्छ?
  • तपाईँको समुदायमा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको  कुनै समूह सक्रिय  छ? यदि छ भने उनीहरू को हुन् र तपाईँ तिनीहरूसँग कसरी सहकार्य गर्न गर्नुहुन्छ ?

तल दिइएको चित्रमा भएका व्यक्तिहरूले के गरेका होलान् ? यिनीहरू को को हुन् ? अनुमान लगाउन सक्नुहुन्छ ?