तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै  समावेशी शिक्षाका बारेमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तुहरू कत्तिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अघि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है । 

  • के तपाईंले समावेशी शब्द सुन्नुभएको छ? तपाईँलाई यसको अर्थ के हुन्छ जस्तो लाग्छ ?
  • तपाईँको विचारमा कक्षाकोठामा प्रत्येक बालबालिकालाई सबै क्रियाकलापमा समावेश गर्दा के कस्ता चुनौतीहरू र बाधाहरु आउन सक्छन होला?
  • तल दिइएको तस्बिरमा भएको व्यक्तिले के महसुस गर्दै होला, भन्न सक्नुहुन्छ ?