तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै  प्रारम्भिक बालविकास तथा शिक्षा विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यस सत्रका विषयवस्तु कत्तिको बुझ्यौँ एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अघि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है त। 

  • प्रारम्भिक बालविकास तथा शिक्षा  भनेको के होला त ?
  • कक्षाकोठामा बालबालिकाको व्यक्तिगत आवश्यकताहरुलाई तपाईँले कसरी व्यवस्थापन गर्दै आउनुभएको छ?
  • तपाईँको विचारमा समावेशीकरण भनेको के हो?
  • तलको चित्रलाई विश्लेषण गर्न सक्नुहुन्छ ?