तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै  सिकाइका रणनीतिहरु विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अगाडि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अगाडि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है । 

  • यदि तपाईँ स्याउको अवधारणा सिकाउँदै हुनुहुन्छ भने तलको चित्रलाई कसरी व्याख्या गर्नुहुन्छ ?
  • के तपाईँ कक्षाकोठामा बालबालिकालाई सानो सानो सामूहिक क्रियाकलापमा संलग्न गर्नुहुन्छ? किन गर्ने वा किन नगर्ने ?
  • तपाईँले कक्षाकोठामा निश्चित दैनिक तालिका पालना गर्नुहुन्छ?
  • कक्षाकोठामा बालबालिकाको भावनात्मक हितलाई कसरी ध्यानमा राख्नुहुन्छ ?
  • अब एकछिन तलको चित्रमा छलफल गरौँ न त, हुन्छ ?