तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै “समावेशी संस्कृति र अभ्यासहरू” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यस सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अगाडि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है । 

  • तपाईँको विचारमा संस्कृति भनेको के हो ?
  • बालबालिकामा समावेशी संस्कृतिको अभ्यास कसरी गराउन सकिएला ?
  • तल दिइएको चित्रबाट केही बुझ्न सक्नुहुन्छ ? कक्षाकोठामा आउन सक्ने बालबालिकाका चुनौतीपूर्ण व्यवहारलाई तपाईँ  कसरी व्यवस्थापन गर्नुहुन्छ ?