तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै “स्व हेरचाह तथा तनाव व्यवस्थापन ” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त !  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अगाडि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनु भन्दा अघि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है । 

  • तपाईं आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको कसरी ख्याल राख्नुहुन्छ?
  •  तपाईंको काममा तनाव पैदा गर्ने चिजहरू के के हुन्?
  • तनावको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
  • तलको चित्रबाट के बुझ्न सक्नुहुन्छ ?