अबहामी “अपाङ्गता” को बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यस विषयवस्तुका बारेमा कत्तिको जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू पढेर उत्तर दिने कोसिस गर्नुहोस् है त !
तपाईँको घर वा समुदायमा अपाङ्गता भएका कोही व्यक्ति हुनुहुन्छ ? यदि हुनुहन्छ भने उहाँमा अपाङ्गता छ भन्ने तपाईँले कसरी थाहा पाउनुभयो?
अपाङ्गता भएका व्यक्तिलाई कस्ता प्रकारका सहयोगको आवश्यकता पर्छ होला ?
अपाङ्गता भएका व्यक्तिहरुलाई तपाईँ कसरी बोलाउनुहुन्छ?
अपाङ्गता भएका व्यक्तिहरूले प्राप्त गर्ने सेवा सुविधाको बारेमा के थाहा छ ?
तलका तीन चित्रहरूको सूक्ष्म अध्ययन गर्नुहोस् । अब भन्नुहोस, यी चित्रहरूबाट तपाईँ के बुझ्नुहुन्छ ?