अब हामी “इन्द्रियमैत्री वातावरण तथा सहज बसाइ व्यवस्थापन” विषयमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयको बारेमा कतिको जानकार छौं भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
- इन्द्रियमैत्री वातावरण भन्नाले के बुझ्नुहुन्छ?
- सहज बसाइ भनेको के होला ?
- कक्षाकोठामा सञ्चालन हुने विभिन्न शैक्षणिक गतिविधिहरुमा सहभागी हुन बालबालिकालाई तपाईँ कसरी प्रेरित गर्नुहुन्छ ?
तल दिइएको चित्र वर्णन गर्नुहोस्, एकआपसमा छलफल पनि गर्न सक्नुहुन्छ है ।
- सुन्तलाको अवधारणाका बारेमा बालबालिकाहरुलाई कसरी बुझाउनुहुन्छ ?
- बालबालिकालाइ सिकाउने सिलसिलामा तलको चित्रमा दिइएका जस्तै स्थानीय स्रोत साधनहरुको प्रयोग गर्नु ठिक होला कि नहोला ? किन ?