हामी “वैयक्तिक प्रारम्भिक सिकाइ योजना” को बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
- तपाईँको कक्षाकोठामा अध्ययन गर्ने बालबालिकामध्ये यदि कुनै एकमा अपाङ्गता छ कि भन्ने शङ्का लागेमा तपाइँ के गर्नुहुन्छ ?
- प्रारम्भिक पहिचान भनेको के हो?
- यदि तपाईँले अतिरिक्त सहयोग चाहिने बालबालिकाको पहिचान गर्न सक्नुभयो भने उसलाई कसरी मद्दत गर्नुहुन्छ ? कहिल्यै गर्नुभएको छ ?
- बालबालिकाको विविध आवश्यकताको आधारमा शिक्षण सिकाइ गतिविधिलाई कसरी परिमार्जन गर्न सक्नुहुन्छ?
तलका चित्र हेरी छलफल गर्नुहोस् । त्यहाँ के भइरहेको छ भनेर अनुमान लगाउन सक्नुहुन्छ ?