हामी “एकिकृत परिवार सेवा योजना ” को बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
- एकीकृत परिवार सेवा योजना भनेको के हो जस्तो लाग्छ?
- तल दिएको चित्रमा भएका व्यक्तिहरूले बालबालिकाको विकासमा बालबालिका र परिवारलाई कसरी मद्दत गर्न सक्छन् जस्तो लाग्छ ?
- के तपाईँले कहिल्यै कुनै विशेषज्ञ (सामाजिक कार्यकर्ता/डाक्टर/मनोवैज्ञानिक) वा विद्यालयका प्रधानाध्यापकसँग कक्षाकोठामा बालबालिकाको विकासका विभिन्न पक्षहरूबारे छलफल गर्नुभएको छ ? छलफल गर्नुपर्छ जस्तो लाग्छ ? किन लाग्छ वा किन लाग्दैन ?
तलको चित्रबाट के बुझ्नुभयो ? एकआपसमा छलफल गर्नुहोस् त !