अब हामी समावेशी शिक्षाको बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामीलाई यो विषयका बारेमा कत्तिको थाहा रहेछ भनेर एकछिन विचार गरौँ है त। तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
- के तपाईँले समावेशी शब्द सुन्नुभएको छ? तपाईँलाई यसको अर्थ के हुन्छ जस्तो लाग्छ ?
- तपाईँको विचारमा कक्षाकोठामा प्रत्येक बालबालिकालाई सिकाइ क्रियाकलापमा समावेश गर्दा के कस्ता चुनौती र बाधाहरु आउन सक्छन् भन्ने लाग्छ?
- तल दिएको चित्रमा भएका व्यक्तिले के महसुस गर्दै होलान्, भन्न सक्नुहुन्छ ?