अबहामी “बालमैत्री कक्षाकोठा” का बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूवात गर्नु अगाडि हामीलाई यस विषयका बारेमा कत्तिको थाहा रहेछ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
तपाईँले बालबालिकाहरूलाई कस्ता प्रकारका शिक्षण सिकाइ विधि प्रयोग गर्दै आउनुभएको छ ?
अपाङ्गता भएकासहित सबै बालबालिकाहरूमैत्री कक्षाकोठा निर्माणमा के कस्ता पक्षहरु महत्वपूर्ण हुन्छन्, एकछिन छलफल गरौँ न त हुन्छ ?