अब हामी “सिकाइका रणनीतिहरु ” विषयमा छलफल गर्न जादैछौँ । तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नु अगाडि हामीलाई यस विषयका बारेमा कति थाहा रहेछ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
- यदि तपाईँ स्याउको अवधारणा सिकाउँदै हुनुहुन्छ भने तपाईँ यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?
- के तपाईँ कक्षाकोठामा बालबालिकालाई ससाना सामूहिक क्रियाकलापमा संलग्न गराउनुहुन्छ ? गराउनुहुन्छ भने किन ? संलग्न गराउनुहुन्न भने किन ?
- तपाईँले कक्षाकोठामा निश्चित दैनिक तालिका पालना गर्नुहुन्छ?
- कक्षाकोठामा बालबालिकाको भावनात्मक हितलाई ध्यान दिने गर्नुभएको छ ?
- तलको चित्र हेरेर एकछिन छलफल गरौँ है त हुन्छ ?