तालिमपूर्वको ज्ञान परीक्षण

अब हामी “बैकल्पिक प्रभावकारी सञ्चार” विषयमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नु अगाडि हामीलाई यो विषयका बारेमा कतिको थाहा रहेछ भनेर एकछिन विचार गरौँ है । तलको प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !

  • वैकल्पिक सञ्चार भनेको के होला ? कस्तो प्रकारको अपाङ्गता भएका व्यक्तिहरूमा यो विधि बढी उपयोगी हुन सक्छ ?
  • हाम्रो शरीरमा हुने ज्ञानेन्द्रियहरू के के हुन्? (तलका तस्बिर हेर्नुहोस्) हामीलाई सिक्नका लागि यीमध्ये कुन अङ्ग चाहिन्छ?

तपाईँलाई सञ्चार बोर्डको बारेका जानकारी छ ? यो कस्तो प्रकारका अपाङ्गता भएका व्यक्तिलाई उपयोगी होला ?