तालिमपूर्वको ज्ञान परीक्षण

अब हामी “समावेशी संस्कृति र अभ्यासहरू ” का बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल ! समावेशिताको विषयमा त अघिल्ला पाठहरूमा धेरै छलफल भइसक्यो । यस बारेमा धेरै जानकारी हासिल पनि गर्नुभयो होला हैन र ?

  • तपाईँको विचारमा संस्कृति भनेको के हो ?
  • बालबालिकामा समावेशी संस्कृतिको अभ्यास कसरी गराउन सकिएला ?
  • तल दिइएको चित्रबाट केही बुझ्न सक्नुहुन्छ ? कक्षाकोठामा आउन सक्ने बालबालिकाका चुनौतीपूर्ण व्यवहारलाई तपाईँ  कसरी व्यवस्थापन गर्नुहुन्छ?